पोखराको सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्षिकोत्सवमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई गर्यो सम्मान

समाचार

पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब आज मनाएको छ।

बिबिध कार्यक्रमहरु गरेर मनाइएको उक्त वार्षिकोत्साब समारोहमा प्रालिका प्रबन्ध निर्देशक गणेश बहादुर बस्नेतले कम्पनी संचालनमा स्थापानाकालदेखि हालसम्म महत्वपूर्ण भूमिका खेल्ने संचालक एबम कर्मचारीहरुलाई सम्मान गरेका थिए।

सम्मानित हुनेहरुमा संस्थाका संरक्षक उद‌य वहादुर खत्री , हाल बेलायतमा रहनु भएकी अभिभावक शिक्षा श्रेष्ठ रहेका छन्। त्यस्तै कर्मचारीहरुमा उत्कृष्ट इन्चार्ज ममता बिक , उत्कृष्ट सुपरभाइजर हेमबहादुर बस्नेत, अनुशासनमा मायाकुमारी सुनार तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुमा तुलबहादुर गुरुङ , शान्ति बिक , धनाकुमारी गौचन , कमल नेपाली र नबिन भुजेल पनि आज समानित भएका छन्।

संस्थाका संरक्षक उद‌य वहादुर खत्रीको अध्यक्षतामा भएको उक्त समारोहमा प्रवन्ध निर्देशक गणेश बस्नेतले सम्मान पत्र प्रदान गर्नुका साथै मायाको चिनो समेत प्रदान गरेका थिए।